पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति ग्रुपका सञ्चालक रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
सिल्क एयरमा सिंगापुरबाट आएका रुपज्योतिलाई विमानस्थलबाट ओर्लिनासाथ पक्राउ गरिएको हो।
शाही सरकारका पूर्वअर्थ सहायकमन्त्री रुपज्योतिमाथि ठगीको मुद्दा रहेको बताइएको छ ।
अपार्टमेन्ट व्यवसाय सम्बन्धी परेको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न दिएको आदेशविरुद्ध रुपज्योति मंसिर २४ मा सर्वोच्च अदालत गएका थिए।
१९ कात्तिकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनी प्रहरीको खोजी सूचिमा थिए।
विजेन्द्रमान मल्लसमेतको जाहेरीको आधारमा ठगी मुद्दामा रुपज्योतिलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको छ ।







