सुदूरपश्चिम प्रदेशप्रमुख पन्तले गरिन् पदभार ग्रहण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेशप्रमुख पन्तले गरिन् पदभार ग्रहण


२१ कार्तिक २०७६, बिहिबार


कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त (त्रिपाठी)ले पदभार ग्रहण गरेकी छन् ।

धनगढीस्थित प्रदेश कार्यालयमा बिहीबार उनले पदभार ग्रहण गरेकी हुन् । प्रदेश प्रमुख त्रिपाठीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै उनले संविधानको पालना गर्दै सुदूरपश्चिमेली जनताको चाहनाअनुरुप काम गर्ने बताइन् ।

नवनियुक्त प्रदेश प्रमुख त्रिपाठीको स्वागतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिमा मन्त्री झपट बोहरा, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालगायतका मन्त्री, उपसभामुख, सांसदहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित थिए ।

नेपाली सेनाको एक टोलीले उनीप्रति सम्मान अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस