चियाले दिमागलाई स्वस्थ राख्ने निश्कर्ष « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चियाले दिमागलाई स्वस्थ राख्ने निश्कर्ष


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौँ । चिया नियमित पिउनाले दिमागी स्वास्थ्यको लागि फाइदा हुने एक अनुसन्धान प्रतिवेदनले जनाएको छ ।

सिंगापुरस्थित नेसनल विश्वविद्यालयले गरेको अनुसन्धानमा चियाले दिमागलाई स्वस्थ राख्ने निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले न्यूरोइमेजिङ विधि प्रयोग गर्दै चियाको प्रभावकारी उपयोगिता पत्ता लगाएका हुन् ।

चियाको मात्राको आधारमा केही दिमागी गुणहरुमा फरक आएको उनीहरुले उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ताहरुले यसबारे पत्ता लगाउन सूचकको रुपमा दुईवटा समूह अत्याधिक मात्रामा चिया पिउने समूह र कम चिया पिउने अर्को समूहमा स्वयंसेवकहरु परिचालित गरिएको थियो ।

चियाले रगत सञ्चालनसम्बन्धि प्रणालीलाई मद्दत पुर्‍याउनुको साथै तातो चियाले ग्लाउकोमा रोगलाई फाइदा पुग्न सक्ने कुरा पनि पत्ता लगाएको छ ।

प्रतिक्रिया दिनुहोस