उपनिर्वाचनको मनोनयन दर्ता आज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपनिर्वाचनको मनोनयन दर्ता आज


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनको मनोनयन दर्ता आज हुँदैछ । आज प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारको लागि मनोनयन दर्ता हुन लागेको हो ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारहरुले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् ।

दिउँसो साढे १ बजे देखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशित गरिनेछ । शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ ।

नाम फिर्ता लिन चाहने उम्मेदवारहरुले आइतबार (२४ गते) बिहान १० बजेदेखि १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगले २५ गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

यस्तै, स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ हुनेछ ।

मंसिर १४ गते हुने उपनिर्वावाचनका लागि प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् । उपनिर्वाचनमा भागलिने दलहरुको संख्या १०१ रहेको छ ।

आयोगले उपनिर्वाचनको लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस