मेलम्ची सम्पन्न गर्न एकजुट हुनुपर्छ : मन्त्री मगर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मेलम्ची सम्पन्न गर्न एकजुट हुनुपर्छ : मन्त्री मगर


२० कार्तिक २०७६, बुधबार


मेलम्ची । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताएकी छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उनले दाबी गरिन् ।

आयोजनाको समय थपिदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताइन् । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको उनले बताइन् । उनका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । मेलम्ची राजधानी नपुग्दा वषौँको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाइन् ।

स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उनले प्रष्ट्याइन् । मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिसँगै हेलम्बु गाउपालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चाँडै आयोजनासक्ने प्रतिबद्धता गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस