सञ्चार सचिव महेन्द्रमान गुरुङको अवकाश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सञ्चार सचिव महेन्द्रमान गुरुङको अवकाश


२० कार्तिक २०७६, बुधबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आजदेखि अनिवार्य अवकाश पाएका छन् । विसं २०४४ मा निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणीमा प्रवेश गरेका सचिवले ३२ वर्ष चार महिना चार दिन सेवामा रहे ।

विसं २०१८ कात्तिक २१ गते स्याङ्जामा जन्मिएका सचिव गुरुङले सेवा अवधिभरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र परराष्ट्रलगायतका मन्त्रालयमा काम गरे ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित बिदाइ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार मन्त्रालयमा १७ महिना आफूसँगै रहँदा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको भन्दै बाँकी सक्रिय जीवनको शुभकामना व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘उहाँले पदमा रहुञ्जेल राष्ट्रले लिएको सङ्कल्पमा दृढताका साथ सक्रिय रहनुभयो । निजामती सेवाबाट अवकाश हुनुभएको हो, क्रियाकलापबाट होइन । उहाँको क्षमताको राज्यले कहीँ न कहीँ सम्बोधन गर्नेछ ।’ सचिव गुरुङले पछिल्लो समयमा स्थिर सरकार भएका कारण सञ्चार मन्त्रालयमा बसेर काम गर्नका लागि सजिलो भएको अनुभव सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस