निजामति कर्मचारीबाट आएकाले अभ्यस्त छुँ, विचलित छैन : उमाकान्त झा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निजामति कर्मचारीबाट आएकाले अभ्यस्त छुँ, विचलित छैन : उमाकान्त झा


२० कार्तिक २०७६, बुधबार


रुपन्देही । प्रदेश नम्बर ५ को प्रदेश प्रमुखबाट पदमुक्त भएका उमाकान्त झाले संघीय सरकारले गरेको निर्णयबाट आफू विचलित नभएको बताएका छन् । उनले आफ्नो विदाइ कार्यक्रममा आफू निजामती कर्मचारीबाट आएकोले यस्ता प्रक्रियाप्रति अभ्यस्त भइसकेको बताएका हुन् ।

उनले भने, ‘ निजामति कर्मचारीबाट आएकाले यस्ता प्रक्रियाबाट अभ्यस्त भइसकेको छु, त्यसैले यसबाट म वा अन्य कोही पनि विचलित हुनुपर्ने आवश्यक छैन’ ।

संविधानको पूर्ण परिपालना गरेको बताउँदै उनले पूर्व राष्ट्रपति रामवरण यदवलाई सम्झिँर्दै भने, ‘म जतिबेला यहाँ प्रदेश प्रमुख भएर आउन लागेको थिएँ । त्यसबला पूर्वराष्ट्रपतिसँग संयोगले भेट भयो । उहाँ मेरो गाउँ नजिकैको हुनुहुन्छ ।’ ‘उहाँले अब त तिमिले संविधान सिरानी मुनि राखेर सुत्नुपर्छ । कतिबेला संविधानको आवश्यकता पर्छ । तिमीले संविधानको अक्षरस पालना गर्नुपर्छ’ ।

पूर्वराष्ट्रपतिले भनेझै आफूले संविधानको अक्षरस पालना गरेर काम गरेको झाले दाबी गरे । प्रदेश प्रमुखको रुपमा कार्यरत रहँदा आफूले सबैको सहयोग पाएको उनले बताए ।

विदाइ कार्याक्रममा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रीसहित सहभागी थिए।

प्रतिक्रिया दिनुहोस