प्रदेश ५ को केन्द्र दाङ बन्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश ५ को केन्द्र दाङ बन्छ : अध्यक्ष प्रचण्ड


२० कार्तिक २०७६, बुधबार


घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे ।

प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दाङको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे। अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अर्थ्याए ।

उनले भने, “सरकारले लचिलो भएर मात्रै उनीहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

उनले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस