लिपुलेकमा भारतीय हस्तक्षेपबारे सरकारले तत्काल कुटनैतिक पहल गर्नेछ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लिपुलेकमा भारतीय हस्तक्षेपबारे सरकारले तत्काल कुटनैतिक पहल गर्नेछ : अध्यक्ष प्रचण्ड


२० कार्तिक २०७६, बुधबार


दाङ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप सह्य नहुने बताएका छन् ।

प्रेस संगठन नेपालले दाङको घोराहीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको भए शैह्य नहुने बताएका हुन् ।

उनले भने, ‘भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन, सीमाका विषयमा हामि कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं । ’

उनले आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रलिपुलेकबारे असहमति राखेको बताउँदै चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताएका छन् ।

उनले भने, ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग यस विषयमा स्पष्ट कुरा राखेको थिएँ, ‘तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन, सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस