राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त


१८ कार्तिक २०७६, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको सातै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति गरेकी हुन्।

राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गरेकी हुन्।

नवनियुक्त प्रदेश प्रमुखहरूको भोलि बिहान राष्ट्रपति कार्यालयमा शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस