५ लाख लिएर घर निर्माण प्रमाणपत्र दिने तीन विरुद्ध मुद्धा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५ लाख लिएर घर निर्माण प्रमाणपत्र दिने तीन विरुद्ध मुद्धा दायर


१८ कार्तिक २०७६, सोमबार


अख्तियार

काठमाडौँ । घरको निर्माण सम्पन्न प्रमाणपत्र दिँदा ५ लाख घुसलिने ३ जना इन्जिनियरमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। टोखा नगरपालिका–६ स्थित, लायन्स इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरी, टोखा नगरपालिकाका इन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसायी जयराम तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

ओभरसियर चौधरीले सेवाग्राहीलाई आफ्नै कन्सल्टेन्सीमा बोलाई रकम लिई घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुशार इन्जिनियर पाठकले चौधरीमार्फत घुस लिन लगाएको पुष्टि भएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी सहित मुद्दा दायर गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस