सम्पत्ति छानबिनमा पनि तानिए अफताब, परीक्षामा सम्पत्ति शुद्धिकरण विभाग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सम्पत्ति छानबिनमा पनि तानिए अफताब, परीक्षामा सम्पत्ति शुद्धिकरण विभाग


१८ कार्तिक २०७६, सोमबार


काठमाडौँ । दर्जनौ व्यक्तिलाई इँटामा जिउँदै जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ ।

आलमलाई छानविन गर्न प्रहरीले आइतबार पत्राचार गरेसँगै सोमबार अनुसन्धान अधिकृत तोकिएको विभाग उच्च स्रोतले प्रशासनलाई बतायो ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मात्रै आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको छ ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित कसूरमा सजाय माग दावी गरेको छ ।

अपराधको राजनीतिका आवरणमा गुण्डाराज चलाउँदै आएका आलममाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कसरी अनुसन्धान गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस