बझाङको अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र फसे चार मजदुर, काठमाडौंबाट खटाइयो उद्धार टोली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बझाङको अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र फसे चार मजदुर, काठमाडौंबाट खटाइयो उद्धार टोली


१८ कार्तिक २०७६, सोमबार


बझाङ । बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा चार जना मजदुर भित्र फसेको बताइएको छ । आइतबार साँझ देखि उनीहरु सुरुङत्रि फसेको र उद्धार हुन नसक्दा काठमाडौंबाट उद्धार टोली पठाइएको खबर प्राप्त भएको छ ।

प्रहरीका अनुसार सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेका छन्।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टालि रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको बताइएको छ ।

घटनास्थल बझाङ सदरमुकामबाट गाडीमा ४ घण्टाको दुरी रहेको बताइएको छ।

सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस