ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल हुँदै


१८ कार्तिक २०७६, सोमबार


काठमाडौं । नेपालको तर्फबाट ज्ञानेन्द्रको कप्तानीमा पहिलो आज खेल हुँदै छ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्ने छ ।

केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा सहभागी हुनेछन् ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस