सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । दोलाखाबाट काठमाडौं आउँदै गरेको बस  सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ ।  २० जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  प्रहरी नायब निरीक्षक माधव काफ्लेले जानकारी दिए ।

२० जनाको भने उद्धार गरिएको उनले बताए । उनीहरूलाई बनेपा अस्पतालमा पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो । बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस