मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइरालालाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।

तर, त्रिविमा भन्दा डा.कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष बनाइएको हो।

यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस