२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्गको पश्चिम खण्डमा ६० प्रतिशत निर्माण सम्पन्न

अ+ अ-

सुर्खेत । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा भएको छ । बाग्लुङदेखि सुदूरपश्चिम प्रदेश बैतडीको झुलाघाटसम्म सात सय किलोमिटरमा ६० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाको पश्चिम सेक्टर कार्यालय दैलेखका सूचना अधिकारी इन्जिनीयर तुलाराम शर्माले रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख र अछाममा निर्माण कार्य भइरहेको जानकारी दिए । उनका अनुसार दैलेख खण्डमा पर्ने १२६ मध्ये ४० किमी टेन्डर हुन बाँकी छ । स्थानीयवासीको असहयोगका कारण दैलेख सदरमुकाम क्षेत्रमा ३० किमी र दैलेख–जाजरकोट सीमा क्षेत्रमा १० किमीमा ट्र्याक खोलिएको सडकमा निर्माण कार्य अघि बढ्न सकेको छैन् ।

“ट्र्याक ओपन भएको उक्त क्षेत्रको डिपिआर पनि भइसकेको छ, टेन्डर हुन मात्रै बाँकी हो,” उनले भने, “अहिले स्थानीयवासीको अवरोध छैन्, सदरमुकामको काँडाचौर क्षेत्रबाटै हाइवे जान दिन स्थानीयवासी तयार भइसकेका छन् ।” ग्राभेल, नाली तथा पुल निर्माण भइसकेका क्षेत्रमा यसै वर्षभित्र कालोपत्र गर्ने आयोजनाको तयारी छ । रुकुम पश्चिममा १२ किमी टेन्डर हुन बाँकी छ । चालू आवमै बाँकी रहेका खण्डको टेन्डर आह्वान गरेर निर्माण कार्य अघि बढाउने आयोजनाले जनाएको छ ।

ट्र्याक खोलिएको नौ मिटर चौडाइमध्ये एक मिटर नाली तथा आठ मिटर सडकको चौडाइ कायम गरिएको छ । पश्चिम खण्डमा १८ पक्की पुल निर्माण सम्पन्न भएका छन् । पश्चिम सेक्टर कार्यालयका अनुसार यस खण्डमा हाल २४ निर्माण कम्पनी परिचालित छन् । आव ०६४/६५ देखि शुरु भएको सो आयोजना ०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

“राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले उच्च प्राथमिकता राखेको छ, कतिपय क्षेत्रमा स्थानीयको अवरोध, ठेकेदार कम्पनीको लापरवाही लगायतका कारण केही ढिला हुन गयो,” इन्जिनीयर शर्माले रासससँग भन्नुभयो, “शुरु–शुरुमा दैलेख खण्डका स्थानीयले रेखाङ्कनको विवादलाई सर्वोच्च अदालतसम्म पु¥याए, जसले गर्दा निर्माण धकेलियो ।” पश्चिम खण्डमा अछाममा राम्रो प्रगति देखिएको छ । त्यहाँ कूल ६० किमीमध्ये आठ किमीमात्र कालोपत्र हुन बाँकी छ, जुन चालू आवभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यस्तै, रुकुम पूर्व र रुकुम पश्चिममा पनि चालू आवमै कालोपत्र गरिनेछ । आयोजनाले डबल बिटुमिन सर्फेस डे«सिङ (डिबिएसडी) प्रविधिबाट कालोपत्र गरिरहेको छ । जुन प्रविधिबाट गरिएको कालोपत्रे कम्तीमा सात वर्षसम्म मर्मत गर्नु नपर्ने प्राविधिक बताउँछन् । पूर्व पश्चिम ९महेन्द्र० राजमार्गको विकल्प मानिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्गले पूर्वको पाँचथर चियोभञ्ज्याङबाट शुरु भएको लोकमार्ग २४ जिल्ला जोड्दै एक हजार ८८९ किमी पहाड छिचोलेर सुदूरपश्चिम बैतडीको झुलाघाट पुगेर टुङ्गिएको छ । कतिपय पुरानै सडकलाई कायम गरी स्तरोन्नति गरिएको छ भने बाँकी नयाँ ट्र्याक खोलेर निर्माण कार्य तीव्र पारिएको छ ।

आयोजनाको दैलेख सेक्टर कार्यालयले पश्चिम क्षेत्रमा रु १० करोड बढी क्षतिपूर्तिमा खर्च हुने जनाएको छ । जिल्ला दर रेट निर्धारण समितिको सिफारिसका आधारमा २०६४ साल अघि बनेका घरको क्षतिपूर्तिमा उक्त रकम खर्च गरिनेछ । जग्गाको भने क्षतिपूर्ति दिने व्यवस्था छैन ।

पहाडी क्षेत्रको मेरुदण्ड

सडक पहुँच नपुगेका मध्यपहाडी बस्तीमा लोकमार्गले छोएपछि त्यस क्षेत्रमा सामाजिक, आर्थिक अवस्थामा फेरबदल आउन थालेको छ । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले स्थानीय उत्पादनको बजारीकरण र यात्रु आवागमनमा ठूलो टेवा पुगेको बताए । सडक सञ्जालमा पछाडि रहेको यो गाउँपालिका हुँदै लोकमार्ग बनेपछि बसाइँसराइ रोकिएको उनले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र बेस्तडा हुँदै मन्घरसम्म कालोपत्र भइसकेको छ । “सडक आसपासमा तरकारी खेतीदेखि पसल व्यवसाय खुल्ने क्रम गर्ने बढेको छ,” अध्यक्ष थापाले भने, “सुनसान देखिने बस्तीमा चहलपहल बढाइदिएको छ, लोकमार्ग हाम्रो क्षेत्रको समृद्धिको प्रमुख मेरुदण्ड बनेको छ ।” एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान तराई झरेर पुनः पहाड उक्लिनुपर्ने अवस्थाको अन्त्य भएकामा स्थानीयवासी खुशी छन् ।

सरकारले लोकमार्ग निर्माणसँगै आसपासमा नयाँ शहर निर्माणको योजनासमेत सञ्चालन गरेको छ । त्यसले पहाडी क्षेत्रको बसाइँसराइ रोकिनाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । रासस