उपचारका लागि आर्थिक सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपचारका लागि आर्थिक सहयोग


१५ कार्तिक २०७६, शुक्रबार


पोखरा । बागलुङ समाज पोखराले जनगायक जीवन शर्माका माइला छोरा अमृत आचार्यको उपचारका लागि रु दुई लाख २६ हजार सहयोग गरेको छ ।

बागलुङ समाज पोखराको समन्वयमा विभिन्न संघ संस्था तथा व्यक्तिद्वारा सङ्कलित उक्त रकम आज काठमाडौँस्थित शर्माको निवासमा समाजका अध्यक्ष कुलचन्द्र शर्मासहितको टोलीले अमृतका दाजु अर्जुन आचार्यलाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङ समाज पोखराका कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो । समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस