२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसा रोक्न सामूहिक प्रयासको खाँचो : मन्त्री थापा

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताएकी छन् ।

मुलुकको पुनःसंरचनासँगै संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिंसा न्यूनीकरण गर्न सकिने उनले उल्लेख गरिन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरीय प्रहरी परिसर, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र संरक्षक समूह नेपालद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्रियामा मन्त्री थापाले मुलुकमा हिंसाका रुप कस्तो छ र कुन ठाउँमा कस्ता खालका घटना भइरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गर्न आवश्यक तयारी गरेकोसमेत जानकारी दिइन् ।

‘ठोस योजना बनाएर अघि बढ्नसके हिंसाविरुद्ध महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ, फरकफरक क्षेत्राधिकार भएकाले तीनै तहको सरकारको उत्तिकै भूमिका हुन्छ, कानूनभन्दा पनि ठूलो कुरा भनेको सोच र चिन्तन हो, आफैँ रुपान्तरण हुनु आवश्यक छ’, उनले भनिन् ।

यो वर्ष सरकारले महिला हिंसाविरुद्धको अभियान शुरु गरेको जानकारी दिँदै मन्त्री थापाले विसं २०६३ जेठ १६ गते संसद्द्वारा महिला अधिकारको विषयमा महत्वपूर्ण प्रस्ताव पारित गरेकोे सम्झनामा यो वर्षदेखि दिवस मनाउने तयारी गरिएको उल्लेख गरिन् ।

पुनःस्थापित संसद्ले तत्कालीन जेठ ४ गते विभिन्न प्रस्ताव ल्याएकामा महिला अधिकारको विषयलाई सम्बोधन गरिएको र जेठ १२ गते अर्को प्रस्ताव पेश भएको र त्यसमा ३३ प्रतिशत महिला सहभागिता हुनपर्ने, लैङ्गिक हिंसा अन्त्य हुनुपर्ने, विभेद खारेज गर्नुपर्ने र आमाको नामबाट नागरिकता पाउनुपर्ने विषय समावेश थियो । उक्त प्रस्ताव जेठ १६ गते पारित भएको जानकारी दिँदै उनले त्यही उपलब्धि भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको बताइन् ।

मन्त्री थापाले हिंसा नियन्त्रणका लागि यही कात्तिक १७ देखि सातै प्रदेशमा छलफल कार्यक्रम शुरु गर्न लागिएको र मङ्सिर ९ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुने जानकारी दिइन्। रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षेत्रीले यौन शिक्षा घरबाटै सिकाउन सकियो भने हिंसा न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने उल्लेख गरिन् ।

उनले हिंसाका घटना झण्डै ३१ प्रतिशतले वृद्धि भइरहेको जानकारी दिँदै यस्ता आपराधिक घटना न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको बताइन् । उक्त कार्यक्रम शुरु भएको एक वर्षमा झण्डै छ लाखलाई प्रशिक्षण दिइसकिएको प्रमुख प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए ।रासस