नेकपाद्वारा तीन जनाको नाम सिफारिश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपाद्वारा तीन जनाको नाम सिफारिश


१४ कार्तिक २०७६, बिहिबार


चिप्लेढुङ्गा । नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।

सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए । यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहेका करण सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

यसैबीच नेपाली काङ्ग्रेसले १६ जनाको नाम सिफारिश गरेर पठाएको छ भने उम्मेदवारको बारेमा आज टुङ्गो लगाउने भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस