चीनमा टेनिस खेल्दाखेल्दै कमल थापा घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा टेनिस खेल्दाखेल्दै कमल थापा घाइते


१३ कार्तिक २०७६, बुधबार


काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् ।

चीनको सेञ्जेन शहरमा आयोजित टेनिस खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले बीचैमा खेल छाडेका हुन् ।

उनी कात्तिक ८ गते चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट–२०१९ मा भाग लिन चीन पुगेका हुन् । थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६–० र ६–० मा पराजित गरेका थिए ।

थापा टेनिसका राम्रा खेलाडि हुन् ।

पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३–० ले जितेका थिए । तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएको थियो । घाइते भएपछि वीचैमा उनले खेल छाडेको बताइएको छ ।

थापाको पिँडुला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकाले जितिरहेको खेल बीचैमा छाड्नु परेको बताएका छन्। पिँडुलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छाडिदिएको उनले बताए ।

श्रीमती प्रलिता थापासहित चीन गएका थापा कात्तिक १४ गते स्वदेश र्फकने छन् ।

प्रतिक्रिया दिनुहोस