प्रधानमन्त्री ओलीको भाईटीका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओलीको भाईटीका


१२ कार्तिक २०७६, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी द्वय विष्णु माया ढकाल र कौशिलादेवी कोइरालाबाट भाईटीका लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनी द्वयको हातबाट टीका लगाएका हुन् ।

टीका लगाइदिएपछि बहिनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे। साथै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिएका छन् ।

प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस