स्थानीय तहका लागि आवश्यक कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहका लागि आवश्यक कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट


९ कार्तिक २०७६, शनिबार


समायोजन

काठमाडौँ । स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने भएको छ ।

प्रदेश लोक सेवा आयोग बन्ने क्रम जारी भएकाले आवश्यक कर्मचारी सम्बन्धित प्रदेशले नै पूर्ति गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

गत जेठ १५ गते स्थानीय तहका लागि सङ्घले गरेको नौ हजार ५ सय ६१ विज्ञापित पद नै अन्तिम हो, अब स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको आग्रहमा सामान्य प्रशासन मन्त्रालयले विज्ञापनका लागि लोकसेवा पठाएकोमा विवाद उत्पन्न भएपछि मन्त्रालयले अब थप आवश्यक कर्मचारी प्रदेशले नै गर्ने भन्दा आफूले नगर्ने जनाएको छ ।

जेठमा भएको विभिन्न पदको लोक सेवा आयोगबाट अहिले नतिजा आउने क्रम जारी रहेकोले मङ्सिर भित्र विज्ञापन गरिएका नौ हजार ६ सय ६२ पद पूर्ति हुने प्रवक्ता बरालको भनाई छ ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख छ ।

बरालका अनुसार अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सय वटा पदका लागि विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाए पनि प्रदेश लोक सेवा आयोगबाट नै गर्नेभन्दै प्रक्रिया अगाडी बढाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस