प्रदेश मन्त्रिमण्डल विस्तार हुने : मुख्यमन्त्री राई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश मन्त्रिमण्डल विस्तार हुने : मुख्यमन्त्री राई


८ कार्तिक २०७६, शुक्रबार


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताए । उनले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पारे ।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिए। उनले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस