कात्तिक १३ गते तिहारको सार्वजनिक विदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कात्तिक १३ गते तिहारको सार्वजनिक विदा


७ कार्तिक २०७६, बिहिबार


काठमाडौं । सरकारले यही कात्तिक १३ गते अर्थात् भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको छ । किजा पूजाको अवसरमा कार्तिक १३ गते बुधवारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरुमासमेत सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो तर काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते बिदाको मागसहित प्रधानमन्त्रीलाई नै भेटेपछि सो दिन विदा दिने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस