सरकार किसानको सुख दुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकार किसानको सुख दुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल


५ कार्तिक २०७६, मंगलबार


Shankar pokhrel

नेपालगञ्ज । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेल आज नेपालगञ्ज आएको मौकाछोपी यहाँका किसानले फौजी कीराले धानबाली सखाप पारेकाले ज्ञापनपत्रमा क्षतिपूर्तिको माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले क्षतिको विवरण सङ्कलन भइरहेको र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । सरकार सधैँ कृषकको सुखदुःखको साथी भएको बताउदै उनले प्रक्रिया पूरा भएपछि पीडित किसानलाई सहयोग गर्ने बचन दिए ।

दुई सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनी, पुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञानकेन्द्र बाँकेका कार्यालय प्रमुख सागर ढकालले कीराको प्रकोप देखिएको स्थानमा ९० प्रतिशतसम्म धानबाली नष्ट भएको बताए । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर, तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले अझै सखाप बनाइरहेको ढकालको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस