‘विकास र सामाजिक रुपान्तरण नै हाम्रो अभिष्ट’ : नेता नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘विकास र सामाजिक रुपान्तरण नै हाम्रो अभिष्ट’ : नेता नेपाल


४ कार्तिक २०७६, सोमबार


लहान । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विकास र सामाजिक रुपान्तरण नेकपा र सरकार दुबैको अभिष्ट रहेको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान लहान सिरहाले लहानमा आयोजना गरेको दीपावली–छठको शुभकामना आदान प्रदन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केन्द्रमा दुई तिहाइ र सात प्रदेशमध्ये ६ प्रदेशमा नेकपाका सरकार रहेकोले विकास र सामाजिक न्याय सहितको रुपान्तरण गर्न सबै तह तप्काको नेता कार्यकर्ताहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

वरिष्ठ नेता नेपालले भने, पार्टीमा खुट्टा तान्ने प्रवृति हावी भईरहेको र जनप्रतिनिधिहरु सिद्धान्त, विचारबाट समेत विचलित भईरहेको सुनिएको छ । यो प्रवृति पार्टी र सरकार दुबैको लागि शुभ संकेत होइन,वेलैमा लिकमा ल्याउन पुष्पाल प्रतिष्ठानले वैचारिक वहस चलाउन जरुरी छ ।’

खुट्टा तानेर आफ्नै नेता कार्यकर्ताहरुलाई गिराउने होइन, हात समातेर माथि उठाउने काम गरेर जनताको सेवामा लाग्न नेता नेपालले आग्रह गरे। नेपाल कम्युनिष्ट पार्टी मधेश विरोधी रहेको हौवा फलाउने काम विगत देखि नै भइरहेकोले यसप्रति सचेत भएर तराइ मधेशमा विद्यमान सामाजिक विकृति दाइजो प्रथा हटाउन नेकपाका नेता कार्यकर्ता लाग्नुपर्ने सुझाव दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस