लिचीको बिरुवा रोपेर प्रधानसेनापतिद्वारा वृक्षरोपण उद्घाटन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिचीको बिरुवा रोपेर प्रधानसेनापतिद्वारा वृक्षरोपण उद्घाटन


३ कार्तिक २०७६, आइतबार


भद्रपुर । प्रधानसेनापति पूर्णचन्द्र थापाले झापाको कमल गाउँपालिका–५ मा रहेको सेनाको २१ नम्बर बाहिनी परिसरमा आज लिचीको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रधान सेनापति कमाण्डमार्ग निर्देशन–२०७५ को लक्ष्यअनुसार ‘एक सैनिक एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत विभिन्न जातका फलफूलका बिरुवा बाहिनी परिसरमा रोपिएका छन् ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले सरकारले प्रदेशमा ४० लाख फलफूलसहित विभिन्न जातका बिरुवा रोपण गर्ने कार्यक्रम बनाएको जानकारी गराए ।

बाहिनी परिसरमा एक हजार ४०० आँप, ८०० लिची, ७०० कटहर, १०० नरिवल, एक हजार ५०० सुपारी, १०० एभोकाडो, ५०० केरालगायतका फलफूलका बिरुवा रोपिने बाहिनी पति डा.आशबहादुर तामाङले बताए । उनका अनुसार एक हजार बिरुवा डिभिजन वन कार्यालयले प्रदान गरेको र बाँकी बाहिनीले नै खरीद गरेर रोपिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस