सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालत उपस्थित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालत उपस्थित


३ कार्तिक २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पार्वत गुरुङ भएका छन् । ०६४ सालमा वीरध्वज खड्कालाई काठमाडौंको गौशालामा ज्यान लिने नियतले कुटपिट गरेको अभियोगमा गुरुङविरुद्ध गत असोजमा पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भए पनि गुरुङ पक्राउ परेका थिएनन् । आइतबार उनी आफैँ काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् । सो अभियोगमा गुरुङको बयान शुरु भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा दोलखाको जुँगुमा तत्कालिन एमाले र माओवादीबीच झडप भएको थियो । सो क्रममा ततकालिन एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो । सो घटनामा संलग्न भन्दै उजुरी परेका खड्का काठमाडौंमा रहेकै बेला कुटपिट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस