१८ विकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का(सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१८ विकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का(सूचीसहित)


३ कार्तिक २०७६, आइतबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्र विनियमावली २०७५ को विनियम १६ (१–क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरुको कारोबार कार्तिक ३ गतेबाट लागू हुगे गरी स्थगित गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेको कारबाहीमा परेर कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक छन्।

१९ वटा लघुवित्त कम्पनी ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी, र ११ वटा लघुवित्त कम्पनी छन्।

उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समुहका २ वटा कम्पनी कारबाहीमा परेका छन्।

नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क नबुझाउने त्यस्ता कम्पनीलाई कारबाहीस्वरुप कारोबार रोक्का गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस