चिनियाँ कम्पनी सिनो हाइड्रोसँग मेलम्ची बाँध स्थलको ठेक्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ कम्पनी सिनो हाइड्रोसँग मेलम्ची बाँध स्थलको ठेक्का


२ कार्तिक २०७६, शनिबार


काठमाडौँ । मेलम्ची खाने पानी आयोजनाको बाँध स्थल निर्माणको लागि ठेक्का सम्झौता भएको छ । सरकारले १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो ।

यससँगै सीएसीले छाडेपछि अल्झिएको आयोजनाले फेरि गति पाउने आयोजनाले जनाएको छ ।

आयोजनाले सिनोलाई समय अगावै काम सके प्रतिदिन ठेक्का रकमको दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने र ढिलाइ भए सिनोले ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यतिकै दरले जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का पाएको छ भने हेडवक्सतर्फ सिनोले ९० करोडमा ठेक्का सकारेको छ । हाइड्रो मेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि सिनोले गर्नु पर्ने छ ।

हेडवर्कतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँच मार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस