उच्च अदालत पोखराका न्यायाधीश शाही सेवाबाट बर्खास्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उच्च अदालत पोखराका न्यायाधीश शाही सेवाबाट बर्खास्त


२ कार्तिक २०७६, शनिबार


काठमाडौं । उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही सेवाबाट बर्खास्त हुने भएका छन् । न्यायपरिषदको शुक्तबार बसेको बैठकले शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनलाई गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोपमा सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषदले जनाएको छ ।

परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेको थियो । छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस