शनिबार र आइतबार भिटामिन ए खुवाइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शनिबार र आइतबार भिटामिन ए खुवाइँदै


२ कार्तिक २०७६, शनिबार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले शनिबार र आइतबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने कार्यक्रम छ।

भिटामिन ए सँंगै महिला स्वास्थ्य स्वयंसेविकाबाट छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ ।

छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत रहेको बताइएको छ । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालित गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस