सांसद साह साधारण तारेखमा रिहा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद साह साधारण तारेखमा रिहा


१ कार्तिक २०७६, शुक्रबार


जनकपुरधाम । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएका हुन्।

गत सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस