गुण्डा नाइके बाघे पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुण्डा नाइके बाघे पक्राउ


१ कार्तिक २०७६, शुक्रबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । गुण्डा नाइके बाघे भनिने सन्देश लामालाई प्रहरीको महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लामा जेबिएस डिपोका सञ्चालक हुन् । यसअघि पनि लामा विभिन अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए ।

बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ ।

उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस