२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव : मुख्यमन्त्री राउत

अ+ अ-

गौशाला । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताएका छन् ।

बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उनले वर्तमान समयमा संघीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्रदेशलाई नै प्राविधिक शिक्षाको हब बनाउने दिशामा प्रदेश सरकार अग्रसर रहेकोे प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमले यहाँका महिलामा शैक्षिक क्रान्ति ल्याउने दाबी गरे । ‘छोरीलाई अभिशाप नभई बरदानको रुपमा बुझ्नु पर्छ’, उनले भने,’छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव हुन्छ ।’

यसैबीच ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत एकैदिन महोत्तरीका पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका गरी चार विद्यालयमा साइकल वितरण कार्यक्रम सम्पन्न भएकोे छ ।

मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा जिल्लाको पिपरा गाउँपालिकाको श्री मावि सहोडबामा ३३, रामनारायण अयोध्या मावि पिपरामा ९५, जलेश्वर नपाको प्रकौली माविमा ६८ र एकडारा माविमा ७६ गरी कक्षा ८ मा अध्यनरत कूल २७२ छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

साइकल वितरण कार्यक्रममा पूर्वमन्त्री एव समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादव, केन्द्रीय सदस्य रवीन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, समाजवादी पार्टी महोत्तरीका अध्यक्ष नागेन्द्र यादवसहितको सहभागिता थियोे ।रासस