पत्र बुझ्न इन्कार गर्ने राजदूत र कर्मचारीलाई कडा कारबाही गर्न प्रधानमन्त्रीलाई प्रेम संजेलको पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पत्र बुझ्न इन्कार गर्ने राजदूत र कर्मचारीलाई कडा कारबाही गर्न प्रधानमन्त्रीलाई प्रेम संजेलको पत्र


२९ आश्विन २०७६, बुधबार


काठमाडौँ । भ्रष्टाचार तथा ठगीका विरुद्ध कडारुपमा प्रस्तुत हुँदै आएका श्रम कार्यालय विराटनगरका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले पत्र बुझ्न इन्कार गर्ने राजदूत तथा राजदूतावासका कर्मचारीलाई कडा भन्दा कडा कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा परेका उजुरीउपर कारबाहीका लागि पठाइएका पत्रहरू बुझ्न इन्कार गर्ने तीन देशका राजदूतावासलाई कारबाही गर्न प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बद्ध निकायहरूलाई बोधार्थसहित पत्र पठाएका हुन् ।

मानिसहरूलाई वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याई अलपत्र पारिएको, वैदेशिक रोजगारीका नाममा करोडौँ लिई विदेश बस्ने ठगलाई नेपाल पठाउने व्यवस्था गरियोस् र महिलालाई विदेशमा पुर्‍याई गलत काममा लगाउने प्रपञ्च भइरहेकोले उद्धार गरियोस् भनी आएका उजुरीको सिलसिलामा खास मुद्दाको रोहमा लेखिएका पत्रहरू बुझ्न नमान्ने तीन वटा देशका राजदूत र राजदूतावासमा कार्यरत कर्मचारीलाई कारबाहीका लागि संजेलले पत्राचार गरेका हुन्।

संजेलले नेपाली राजदूतावास, दोहा कतारको नामा सात थान, रियाद साउदीको र वार्सा, पोल्यान्डको नाममा परेका तीन/तीनथान उजुरीहरू खामसमेत नखोली प्रधानमन्त्रीसमक्ष पेस हुने गरी पठाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस