सभामुख वा उपभामुखमध्ये एक कांग्रेसलाई चाहिन्छ : नेता पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख वा उपभामुखमध्ये एक कांग्रेसलाई चाहिन्छ : नेता पौडेल


२९ आश्विन २०७६, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छौं, सदनमा रहेका कांग्रेस सांसदहरुले पनि लाछीपन देखाउनु हुँदैन ।’ एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस