नवलपुरमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवलपुरमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु


२८ आश्विन २०७६, मंगलबार


बस दुर्घटना

कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।

आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो ।

विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो ।

गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस