नेपाल प्रहरीमा तीन हजार ५ सय ९६ नयाँ दरबन्दी थपियो, कुन पदमा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीमा तीन हजार ५ सय ९६ नयाँ दरबन्दी थपियो, कुन पदमा कति ?


२८ आश्विन २०७६, मंगलबार


काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ ।

नेपाल प्रहरीले गृह मन्त्रालयमा पठाएको प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयले हालै स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको हो ।

गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थपिने छन् । यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक (डिएसपी)२१, प्रहरी निरीक्षक ४७ जना थपिने छन् ।

यस्तै, प्रहरी नायब निरीक्षक ८६, प्रहरी सहायक निरीक्षक २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २ हजार २१६ र कार्यालय सहायक २३९ थपिने भएका छन् । थप नयाँ दरबन्दीले प्रहरीमा भएको व्यापक असन्तुष्टि केही हदसम्म कम गर्ने गृहको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस