नेकपालाई सीले दिए पाँच सन्देश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपालाई सीले दिए पाँच सन्देश


२६ आश्विन २०७६, आइतबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पाँच सन्देश दिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुसँगको सामूहिक भेटवार्ताका क्रममा सीले मुख्यतया पाँचवटा कुरामा जोड दिएका हुन् ।

 यस्ता छन् सीले दिएका पाँच सन्देश :
१. नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ ।

२.नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।

३. चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।

४.अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।

५. नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।

भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस