मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२५ आश्विन २०७६, शनिबार


बस दुर्घटना

लम्की । कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवारी टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार दिउँसो १ः३० बजे टीकापुरबाट चिसापानी जाँदै गरेको से७प १४९६ नंको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका सोडारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस