नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई


२५ आश्विन २०७६, शनिबार


काठमाडौं । सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ । अलिले ‘शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य’ जुटाउनका लागि प्रयत्न गरेकोमा उनलाई यो पुरस्कार प्रदान गरिने भएको हो ।

ओस्लोमा १०० औं नोबेल शान्ति पुरस्कार विजेताका रुपमा आबी अहमदको नाम घोषणा गरिएको हो ।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ संघसंस्था र दुई सय २३ जना व्यक्तिलसहित तीन सय १ जनाको मनोनयन परेको थियो ।

आउँदो डिसेम्बरमा आस्लोमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस