काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न बनाइएको स्वागत गेट ढलेको छ । राजधानीको बबरमहलमा बनाइएको स्वागत गेट ढलेको हो ।
शुक्रवार दिउँसो उक्त गेट ढलेको हो । अहिले प्रहरीको एउटा टोली ढलेको गेट मर्मत गर्न खटिएको छ । प्रहरी अतिरिक्त सहायक निरीक्षक सन्तोष भण्डारीले उक्त गेट हावाको कारणले ढलेको हुनसक्ने बताए ।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि विमानस्थलदेखि सोल्टी होटेलसम्म दर्जनौं गेटहरू बनाइएको छ ।







