२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूलाई परिवर्तन गरेर सेवा दिन जरुरी छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताएका छन् ।

चौँसठ्ठी औँ प्रहरी दिवसका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले परिवर्तित व्यवस्थाको वर्तमान परिवेशमा हिजोकै सोच, शैली, व्यवहारले समाजमा शान्तिसुरक्षा र अमनचयनको भरपर्दो व्यवस्था गर्न चुनौती हुने उल्लेख गरे । जनताले हिजोको भन्दा फरक तरिकाले सेवा मागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, ‘प्रहरीलगायत सबैले सकारात्मक सोच र व्यवहारका साथ नयाँ तरिकाले सेवा दिन जरुरी भइसकेको छ ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकार प्रदेश प्रहरी गठनका लागि आवश्यक प्रक्रियामा लागेको जानकारी दिए । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्सालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचयनको व्यवस्था मिलाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डोटी जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्कीलाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता भएबापत पुरस्कृत गरिएको थियो । यसैगरी विसं २०७५को एसइई परीक्षामा उत्तीर्ण हुने प्रहरीका छोराछोरीहरु अनिसाकुमारी साउद, अनिताकुमारी पन्त, दीपेश भण्डारी र कल्पना साउदलाई पनि पुरस्कृत गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउद, नागरिक समाजका अगुवा डा.हेमराज पन्त, पूर्वप्रहरी दलबहादुर बोगटीलगायतले बदलिँदो समाजिक परिवेशमा प्रहरी सङ्गठनले आफ्नो सेवालाई अझ बढी प्रभावकारी बनाउन जरुरी भएकामा जोड दिए ।