२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

अ+ अ-

बेझाड । पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ ।

यहाँको दरैठाँटी मावि र रामतुलसी माविका भूपू विद्यार्थी शालिकराम कँडेलले ‘सम्मान छात्रवृत्ति’ नामक कोष खडा गरी अक्षयकोष स्थापना गरेका हुन् ।

उनले दरैठाँटी माविमा ५१ हजार ६०६ र रामतुलसी माविमा ५१ हजार ४७० बराबरको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोगस्वरुप कँडेलले बुबा तारानाथ कँडेल र आमा तिलमाया कँडेलका नाममा दुवै विद्यालयमा सो छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

“गरीब तथा जेहेन्दार विद्यार्थीमा सानो भए पनि छात्रवृत्ति सहयोगले पढाइमा हौसला बढोस् भनेर अक्षयकोष स्थापना गरेको हुँ”, उनले भने ।

नेपाल फर्मासिटीकल्स ल्याब प्रालिका सेल्स म्यानेजर कँडेलले अक्षयकोषमार्फत वार्षिक रुपमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए।