चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण राजकीय र ऐतिहासिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण राजकीय र ऐतिहासिक


२३ आश्विन २०७६, बिहिबार


काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण राजकीय भ्रमण हुने भएको छ । राष्ट्रपति सी जिङपिङको २३ वर्षपछि हुनलागेको दुईदिने नेपाल भ्रमण राजकीय र ऐतिहासिक भ्रमण हुने बताइएको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमण राजकीय र एतिहासिक हुने भएकाले विशेष महत्वको हुने छ । भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वेसम्बन्धी सम्झौता हुने छ ।

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेका थिए । नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने भ्रमाणले दुई देशबीच बलियो सम्बन्ध कायम हुने छ ।

यस्तै, आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता कायम हुँदै जाने छ ।

शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस