दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनि १४ हजारको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनि १४ हजारको मृत्यु


१९ आश्विन २०७६, आइतबार


केप टाउन । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन् ।

उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्ता व्यक्त गरे ।

सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने मात्र होइन सम्पत्तिको पनि उत्तिकै क्षति हुने गरेको अध्ययनले देखाएको छ । अफ्रिकाको गाउटेन प्रान्तमा आयोजित सडक सुरक्षासम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले हरेक वर्ष करिब ९ अर्ब ८० करोड बराबरको सम्पत्ति नोक्सान हुने गरेको जानकारी दिए ।

उनले मानिसको जीवन रक्षाका लागि सरकारी प्रयत्न कमी रहेकामा चिन्ता व्यक्त गर्दै सरकारले सडक सुरक्षाका लागि तत्काल जनचेतनामूलक अभियानका साथै ट्राफिक नियममा कडाई गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए ।
उक्त कार्यक्रममा सडक दुर्घटनाका पीडितहरुले आफ्नो जीवनका दुःखद क्षण र भोगाई बारे बताएका थिए ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस