हेटौँडामा करेन्ट लागेर आमाछोराको मृत्यु, बुहारी घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हेटौँडामा करेन्ट लागेर आमाछोराको मृत्यु, बुहारी घाइते


१९ आश्विन २०७६, आइतबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा आइतबार विहान करेन्ट लागेर आमा, छोराको मृत्यु भएको छ । बुहारी घाइते अवस्थामा छिन् ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया लेखमाया पराजुली र २८ वर्षीय छोरा मदन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । करेन्ट लागेर गम्भीर भएपछि हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको थियो ।

बारीमा घाँस काट्न गएको समयमा विद्युत प्रवाह भईरहेको तार छिनेर लेखमायालाई करेन्ट लागेको थियो ।

आमा लेखमायालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाईसमेत करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते बुहारी रेनुकाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस