काठमाडौंबाट दुई सातामा बाहिरिए २४ लाख यात्रु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौंबाट दुई सातामा बाहिरिए २४ लाख यात्रु


१९ आश्विन २०७६, आइतबार


काठमाडौं । काठमाडौं उपत्यकाबाट दुई सातामा करिब २४ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार राजधनीबाट दुईसातामा २३ लाख ८४ हजार ९ सय ३१ यात्रु बाहिरिएका र १० लाख ४६ हजार यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।

यस्तै दशैको लागि १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए ।

यो अवधिमा २ लाख ६१ हजार ६ सय २८ सवारी साधन विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ सवारीसाधन भित्रिएको महाशाखाले जनाएको छ ।

यो अवधिमा यात्रुबाट अग्रिम बुकिङको टिकट नपाइएको, टिकटमा गाडी नम्बर र चढ्ने गाडी नम्बर परेको, सिट नम्बर उल्लेख नभएको जस्ता गुनासा प्रहरीमा प्राप्त भएका छन्।

महाशाखाले १९ हजार ७ सय ४७ जना कारबाहीमा परेको पनि बताएको छ ।

हेल्मेटको प्रयोग नगर्ने, जिकज्याक र तीब्र गतिमा चलाउने पनि १५ जना कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा ओभरलोड, सवारीको अन्य भाग तथा छतमा यात्रु तथा सामान राख्ने ४० जना पनि छन् ।

सर्वसाधारणको गुनासो सुनुवाइ गरेर बढी भाडा लिने ३ सय १४ जनालाई कारबाही गरिएको छ भने ट्राफिक कम्युनिकेशन एपमार्फत निगरानी गरेर लामो दूरीमा दुई जना चालक नराख्ने २६ जनालाई पनि कारबाही गरिएको छ ।

साथै, विभिन्न सडकखण्डमा विग्रिएका ८८ वटा सवारी साधानलाई तानिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस